काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न उच्च अदालत पाटनले आदेश जारी गरेको छ।
उनलाई केही समयअघि काठमाडौं प्रहरीले विभिन्न अभियोगमा पक्राउ गरेको थियो। त्यसविरुद्ध परेको रिटमा सुनुवाइ गर्दै अदालतले उनलाई रिहा गर्न निर्देशन दिएको हो।
अदालतले प्रसाईंको गिरफ्तारी प्रक्रिया कानुनी मापदण्डअनुसार नभएको ठहर गर्दै रिहा गर्न आदेश दिएको हो।
प्रकाशित मिति : २०८२ साउन २० गते सोमवार





