बागमतीका मुख्यमन्त्री बहादुरसिंह लामाले दिए राजीनामा



हेटौंडा, साउन १८ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पदबाट राजीनामा दिएका छन्। आइतबार साँझ उनले प्रदेश प्रमुखको कार्यालयमा राजीनामा पत्र बुझाएका हुन्।

मुख्यमन्त्री लामाले २०८१ साउन १८ गते पद तथा गोपनीयताको शपथ लिएका थिए। एक वर्षको कार्यकाल पूरा गर्नै लाग्दा आन्तरिक पार्टी विवादका कारण उनले पद त्याग गरेका हुन्।

नेपाली कांग्रेसको बागमती प्रदेश संसदीय दलको नेतामा १४ साउनमा इन्द्रबहादुर बानियाँ विजयी भएपछि लामा दबाबमा परेका थिए। आफू पार्टीभित्रको द्वन्द्व र असहयोगका कारण राजीनामा दिन बाध्य भएको लामाले बताए।

उनको राजीनामापछि बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ।

प्रकाशित मिति : २०८२ साउन १९ गते आइतवार