
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले हातखुट्टा बाँधिएको कैदी बनेर बस्नुपरेको बताएका छन् । तीनकुने घटनालाई लिएर डिल्ली बजार कारागारमा रहेका प्रसाईंले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो बताएका हुन् ।
उनले भनेको छन्, लामो तपाईँहरू मध्य आजपनी केहिले भन्ने गरेको सुनेको छु आफूले बैंकको लोन तिर्नु पर्दैन ? फेरि पनि स्पष्ट पार्न चाहन्छु बैंकमा मैले मेरो सम्पत्ति धितो राखेर लोन लिएको छु अस्पताल र स्कुल सञ्चालन गरिरहेको छु पाँचतारे होटल निर्माणाधीन अवस्थामा छ म कारागारमा छु तर पनि नियमित बैकको किस्ता बुझाइरहेको छु अन्यथा मलाई के गरी सक्काउन सकिन्छ भनेर लागेको राज्यसत्ताले मलाई आजसम्म कालोसूचीमा राख्दैन थियो होला ?
म देशमा स्थायित्व चाहने मान्छे हुँ, शान्ति चाहने मान्छे हुँ म गरी खान रुचाउने मान्छे हुँ । आज हातखुट्टा बाँधिएको कैदी बनेर बस्नुपरेको छ । स्थायित्व होस भनेर कम्युनिस्ट पार्टी एक गराउने पहल नगरेको हुँ र मैले ? ।