वर्षापछि खसेको पहिरोले कान्ति लोकपथ अवरुद्ध भएको छ। मकवानपुरको भीमफेदी गाउँपालिका ८ भर्याङडाँडामा पहिरो खस्दा आइतबार बिहानदेखि कान्ति लोकपथ पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
त्यसैगरि ललितपुरको बागमती गाउँपालिका ६ रुम्बाडाँडामा पिहरो खस्दा आश्राङदेखि गिम्दी जाने सडक पनि पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : २०८२ असार १ गते आइतवार





