नेपाली कांग्रेसबाट राष्ट्रियसभा सदस्य बनेका जितजंग बस्नेतले भ्रष्टाचार रोक्न कर्मचारीको तलब बढाउनु पर्ने बताएका छन् । शुक्रबारको राष्ट्रिय सभा बैठकमा आर्थिक वर्ष २०८२र०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै उनले कर्मचारीको तलब नबढाएसम्म देशमा भ्रष्टाचार नरोकिने बताएका हुन्।
उनले कर्मचारीले काम गरेनन्, भ्रष्ट भए भन्ने धेरै सुनिएको बताउँदै कर्मचारीको तलबले खान नपुग्ने स्थिति रहेको बताए।
‘साँच्चिकै कर्मचारीहरू भ्रष्ट भएकै हुन त ? देशको जुन आकासिएको महँगी छ, कालोबजारी छ, कर्मचारीको तलब स्केल हेर्यौं। प्रहरी, सेना, सशस्त्रको तलब स्केल हेरौं। प्राइभेट सेक्टरको तलब स्केल हेरौँ, पब्लिक सेक्टरको तलब स्केल हेरौँ, त्यसले खान पुग्छ रु नेपालको तलबको रेन्ज २६ हजारदेखि ८० हजार भन्दा माथि छैन । त्यो रेन्जले बाँचेर खान पुग्छ?’ उनले प्रश्न गरे।
‘मानसिकताबाट भ्रष्टाचार, त्यो गरिबी होस्, धनी होस् त्यसले भ्रष्टाचार गर्छ । अर्को, भोको पेटले भ्रष्टाचार गर्छ । घर भाडा यस्तो महँगो छ, यातायात, शिक्षा यस्तो महँगो छ, अनि कसरी बाच्ने हो कर्मचारीले रु हामीले अब तलब नबढाउने हो भने यो देशमा भ्रष्टाचार रोकिँदैन । मलाई लाग्छ, भोको पेट यो देशमा काम हुँदैन । हामीले कर्मचारीको सेवा सुविधा बढाउनै पर्छ, उनले भने।





