राजावादीको उपत्यका बन्द फिर्ता, यातायात व्यवसायीको जारी



काठमाडौं । राजसंस्था र हिन्दु राज्य पुनर्स्थापनाको मागसहित आन्दोलनरत संयुक्त जनआन्दोलन समितिले काठमाडौं उपत्यका बन्दको कार्यक्रम फिर्ता लिएको छ ।

आन्दोलनको कार्यक्रममा पक्राउ परेका सबै रिहा भइसकेकाले जेठ १९ गतेलाई तोकिएको बन्दको कार्यक्रम फिर्ता लिइएको हो ।

यसैबीच यातायात व्यवसायीले राइड सेयरिङ नियमावलीको विरोधमा आह्वान गरेको यातायात बन्द भने जारी रहेको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ २० गते सोमवार