साहित्यकार, गायक एवं संगीतकार गणेश रसिकको निधन भएको छ । ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा उनको आज बिहान निधन भएको हो ।
साहित्यकार प्रधुम्न जोशीले बिहान साढे ११ बजेतिर रसिकको निधनको खबर आफूले पाएको पुष्टि गरे । रसिकको शव आज त्रिवि शिक्षण अस्पतालमा राखिनेछ । लन्डनमा रहेकी उनकी छोरी भोलि नेपाल आइपुग्ने भएकाले शिक्षण अस्पतालको फ्रिजमा शव राखिने संगीतकार बुलु मुकारुङले बताए ।
भोजपुर, छिनामखुमा २००४ सालमा जन्मेका रसिक लामो समयदेखि प्रोस्टेट क्यान्सरबाट पीडित थिए । उनले नियमित किमोथेरापी गराउँदै आएका थिए ।
प्रकाशित मिति : २०८२ जेष्ठ १९ गते आइतवार





