गैरसरकारी संस्था महासंघका नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र वितरण



गैरसरकारी संस्था महासंघका नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको छ । गत फागुन ८ गते राष्ट्रियसभा गृहमा सम्पन्न ११ औं राष्ट्रिय महाधिवेशनबाट नियाँ कार्यसमितिलाइ निर्वाचन समितिले आज (जेठ ८ गते) प्रमाण्पत्र वितरण गरेको हो । ११ औं राष्ट्रिय महाधिवेशन, ३०औं वार्षिक साधारणसभा तथा राष्ट्रिय नागरिक सम्मेलनले अर्जुन भट्टराईको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको थियो।

नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा नानीमाया थापा, उपाध्यक्षद्वयमा राजेन्द्र शर्मा र सञ्जय लम्साल चयन भएका थिए। यस्तै महासचिवमा देवी खड्का, उपमहासचिवमा भवराज रेग्मी र किरण थापा तथा कोषाध्यक्षमा गोविन्द शाही चयन भएका थिए ।

प्रकाशित मिति : २०८२ जेष्ठ ९ गते बिहिवार