ईपिएस कोरिया शाखा अगाडि धर्ना दिन पुगेका युवाहरुलाई प्रहरीले हान्यो लाठी



काठमाडौं । कोरियन भाषा परीक्षा पास गरी बसेकाहरूले ईपिएस कोरिया शाखा अगाडि धर्ना दिएका छन्। परीक्षा पास गरेको १८ महिना बितिसक्दा पनि कोरिया जान नपाएको भन्दै सोमबार दिउँसो ललितपुरको ग्वार्कोस्थित शाखा अगाडि उनीहरूले धर्ना दिएका हुन्। आफुहरु कोरिया जान पाउनुपर्ने माग उनीहरुको छ ।

धर्नामा बसेका युवालाई प्रहरीले लाठीचार्ज गरेको छ । साथै केहिलाई नियन्त्रणमा समेत लिएको छ । सो क्रममा प्रहरीले पत्रकारहरूमाथि समेत अभद्र व्यवहार गरेकाे बताइएकाे छ ।

प्रकाशित मिति : २०८२ बैशाख २२ गते सोमवार