कक्षा १२ को परीक्षा सर्यो, अर्को मिति तोकिन बाँकी



काठमाडौँ । कक्षा १२ को परीक्षा सार्न प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेलाई परीक्षा केही दिन पर सार्न प्रधानमन्त्रीले आग्रह गरेको उनको सचिवालयले जानकारी दियो ।

राष्ट्रिय परीक्षा बोर्डले बैशाख ११ गतेबाट सुरु हुने कक्षा १२ को परीक्षा केही दिन पर सार्ने भएको छ । शिक्षकहरूको आन्दोलनका कारण कक्षा १२ को परीक्षा सञ्चालन गर्न अन्योल सिर्जना भएपछि परीक्षा सार्ने निष्कर्षमा परीक्षा बोर्ड पुगेको हो ।

बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले भने, ‘‘परीक्षा सार्नुपर्छ भन्ने निष्कर्ष आएको छ, कति दिन सार्ने भन्ने निर्णय भइसकेको छैन, एक साता वा केही दिन बढी पनि हुन सक्छ, यस विषयमा बोर्डले औपचारिक निर्णय भने गरिसकेको छैन ।’’

प्रकाशित मिति : २०८२ बैशाख ९ गते मङ्गलवार