पद्मकन्यामा बागीको विजयी जुलुस, नारा‘दुश्मन हेरेको हेर्‍यै’



काठमाडौं । काठमाडौंको पद्मकन्या क्याम्पसमा नेविसंघबाट विद्रोह गर्दै स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका विद्यार्थीले विजय जुलुस निकालेका छन्। चैत ७ गते नै स्ववियु निर्वाचनको मतपरिणाम आएपनि नेविसंघ बागी समूहले सोमबार मात्र विजय र्‍याली निकालेका हुन्।

जुलुसमा उनीहरुले दुर्गेश थापाको गीत ‘दुश्मन हेरेको हेर्‍यै’लगाएर डान्स गरेका थिए। नेविसंघको आधिकारिक उम्मेदवारलाई हराउँदै त्रिविअन्तर्गतको आंगिक क्याम्पस पद्मकन्या क्याम्पस सभापतिमा नेविसंघकै स्वतन्त्र उम्मेदवार भूपेश्वरी ऐर निर्वाचित भएकी थिइन्।

ऐरले ७३० मत ल्याएर विजयी भएकी हुन्। नेविसंघकी पूर्णिमा परियारलाई पराजित गर्दै ऐर विजयी बनेकी हुन्।

प्रकाशित मिति : २०८१ चैत्र १० गते सोमवार