भारतको राजधानी दिल्लीमा भएको विधानसभाको चुनावमा सत्तारुढ आम आदमी पार्टीलाई ठूलो झट्का लागेको छ । आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवालसहित दिग्गज नेताहरूले चुनाव हारेका छन् ।
नयाँ दिल्ली सिटमा उठेका केजरीवाल भारतीय जनता पार्टी (भाजपा) का उम्मेदवार प्रवेश वर्मासँग ३ हजारभन्दा बढी मतले हारेका हुन् । जारी मतगणनाअनुसार भाजपाले बहुमत ल्याउने देखिएको छ ।
पछिल्लो मतगणनाअनुसार भाजपा ११ सिटमा जित निकालेर ३६ सिटमा अग्रता लिइरहेको छ । त्यस्तै आम आदमी पार्टीले ६ सिट जितेर १७ सिटमा अग्रता लिइरहेको छ । दिल्लीमा ७० सिटको विधानसभामा सरकार बनाउन ३६ सिट चाहिन्छ ।
प्रकाशित मिति : २०८१ माघ २६ गते शनिवार





