नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) शुक्रबार साँझदेखि विराटनगरमा छन्।
शुक्रबार राति प्रचण्ड विराटनगर-१ पोखरियास्थित आफ्ना ज्वाइँ जीवन आचार्यको घरमा बास बसेका थिए। आचार्य उनका कान्छा ज्वाइँ हुन्। शुक्रबार साँझ विराटनगर आएका प्रचण्डले शनिबार बिहानै ‘मर्निङवाक’ गरे। त्यसक्रममा उनले सडकमा बेच्न राखिएको भक्काको स्वाद पनि लिए।
भक्का बफ्याइएको चामलको पिठोबाट तयार गरिने पूर्वी तराईको मौलिक परिकार हो। जसको खपत जाडो समयमा बढी हुन्छ।
छोरी र नातिनीसहित विराटनगर आएका प्रचण्डले शनिबार बिहान ६ बजेदेखि ७ बजेसम्म पोखरियादेखि जिल्ला प्रशासन कार्यालय मोरङको कार्यालय रहेको स्थानसम्म ‘मर्निङवाक’ गरेका छन्। ‘मर्निङवाक’पछि ठूलो मिलचोकमा पुगेर उनले राजवंशी समुदायका महिलाले बनाएकाे भक्का खाँदै र चियापान गरेका हुन्।







प्रकाशित मिति : २०८१ माघ ५ गते शनिवार





