काठमाडौं । जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछाने ६५ लाख धरौटी बुझाएपछि काठमाडौं ल्याउने तयारी गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी श्यामबाबु ओलियाले लामिछानेविरुद्ध काठमाडौंमा पनि मुद्दा दायर भएकाले काठमाडौं पठाइने बताए । उनको भनाइ अनुसार रवि तत्कालै छुट्ने छैनन् । ‘भर्खर अदालतको आदेश आएको छ । धराैटी बुझाएर रिहा भएपछि उहाँलाई हामी काठमाडौं पठाउँछौं’ एसपी ओलियाले भने ।
प्रकाशित मिति : २०८१ पुष २५ गते बिहिवार





