काठमाडौंमा भूकम्पको धक्का



काठमाडौं । काठमाडौं तथा आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ ।

१ बजेर ५ मिनेट जाँदा भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको माझीटार केन्द्रविन्दु भएर ४.८ म्याग्निच्यूडको धक्का महसुस भएको हो ।

यसअघि बैतडीको सिगास गाउँपालिकाको न्वाघर क्षेत्रलाई केन्द्रविन्दु बनाएर ४.६ म्‍याग्निच्यूडको भूकम्प गएको थियो ।

प्रकाशित मिति : २०८१ पुष १८ गते बिहिवार