पूर्व प्रधानमन्त्री तथा नेसपा नयाँ शक्तिका अध्यक्ष डा.बाबुराम भट्टराई कास्की प्रहरी हिरासतमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेट्न पुगेका छन् । पुर्वगृहमन्त्रीसमेत रहेका रविलाई भेट्न भट्टराई शुक्रवार बिहान कास्की प्रहरी कार्यालय पुगेका हुन् ।
सहकारी प्रकरणमा पक्राउ परेका लामिछानेलाई प्रहरीले चितवनबाट अमानविय तरिकाले मध्यरातमा पोखरा पुर्याएपछि सुरक्षा निकायको आलोचना भैरहेको छ ।
यस अघि बयानकै लागि पोखराबाट काठमाडौँ, रुपन्देही र चितवन लगेको प्रहरीले फेरी पर्सा लैजाने तयारी गरेको छ । तर हिरासतमा रहेका लामिछानेको डायरी पनि प्रहरीले गायब बनाएको लामिछानेको सचिवालयले जनाएको छ ।
प्रकाशित मिति : २०८१ मङ्सिर २१ गते शुक्रवार





