युरोप भ्रमण छाडेर जाजरकोट र रुकुम पश्चिम जाने राष्ट्रपतिको निर्णय



काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम जाने भएका छन् । राष्ट्रपति पौडेल आफ्नो पूर्वनिर्धारित युरोप भ्रमण कार्यक्रम स्थगित गरेर मंगलबार भूकम्प प्रभावित क्षेत्रमा जान लागेका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावितहरूको अवस्था बुझ्न मंगलबार बिहान भूकम्प प्रभावित क्षेत्रतर्फ जाने कार्यक्रम रहेको राष्ट्रपतिका प्रेस सल्लाहकार किराण पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति : २०८० कार्तिक २० गते सोमवार