सातलाख नगदसहित लेलेबाट १० जुवाडे पक्राउ



काठमाडौं । ललितपुरकाे गोदावरी नगरपालिका-५ लेलेबाट जुवातास खेलीरहेकेा अवसंथामा १० जना पक्राउ परेका छन् ।

नविन सिलवालको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३५ वर्षीय सुरेन्द्र महतसहित १० जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हाे ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७ लाख ९९ हजार रुपैयाँ, १६ थान कौडा, ९ बुक तास र १० थान मोबाइलसहित पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएकाे छ ।

प्रकाशित मिति : २०८० कार्तिक १० गते शुक्रवार