काठमाडौँको तापक्रम घट्यो



काठमाडौँको न्यूनतम तापक्रम आज २ डिग्री सेल्सियसले घटेको छ । बिहान काठमाडौँको न्यूनतम तापक्रम १४ डिग्री सेल्सियस मापन गरिएको मौसमविद्ले बताएका छन् ।

हिजो काठमाडौँको न्यूनतम तापक्रम १६ दशमलव २ डिग्री सेल्सियस थियो । आजको न्यूनतम तापक्रम हिजोको भन्दा २ दशमलव २ डिग्री सेल्सियसले घटेको हो । गएराति काठमाडौँको तापक्रम हिजो अस्तिको भन्दा चिसो थियो । न्यूनतम तापक्रम अझै घट्ने अनुमान छ ।

प्रकाशित मिति : २०८० असोज २८ गते आइतवार