इजरायलमा उद्धार गरिएका ३५० विद्यार्थी भरे स्वदेश फर्कन फारम



काठमाडौं । इजरायल गाजाको सीमा क्षेत्रमा रहेका १२७ जना विद्यार्थीलाई सुरक्षित स्थानमा सारिएको छ। इजरायली सुरक्षा संयन्त्रको सहयोगमा गाजा क्षेत्रको कृषि फर्ममा रहेका ५५ र उत्तरी सीमा आसपासमा रहेका ७२ विद्यार्थीलाई सुरक्षित स्थानमा सारिएको तेल अबिबस्थित नेपाली दूतावासले जनाएको छ।

गाजा क्षेत्रमा रहेका सबै विद्यार्थीको उद्धार भइसकेको दूतावासले जनाएको छ। यस्तै, नेपाल फर्कन चाहनेका लागि दूतावासले सुरु गरेको अनलाइन दर्ता प्रक्रियामा ३५० भन्दा बढीको नामावली संकलन भइसकेकाले फिर्ता प्रक्रिया चाँडै सुरु हुने दूतावासले जनाएको छ।

आक्रमणमा परी घाइते चार जनाको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको र बेपत्ता एकको खोजी भइरहेको पनि दूतावासद्वारा जारी वक्तव्यमा उल्लेख छ।

प्रकाशित मिति : २०८० असोज २४ गते बुधवार