ललितपुर। ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन विरुद्ध अख्तियारमा उजुरी परेको छ । दुई सय ५० रोपनी सार्वजनिक जग्गा हिनामिनामा संलग्न भएको भन्दै महर्जनविरुद्ध गोदावरी नागरिक सरोकार समूहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरेको हो ।
महर्जनले आर्थिक लाभ हासिल गरी पदको दुरुपयोग गरेर सार्वजनिक जग्गा नेपाल आर्ट भिलेजलाई व्यापारिक प्रयोजनका लागि दिएको उजुरीकर्ताको दाबी छ ।
प्रकाशित मिति : २०८० असार ६ गते बुधवार





