रवि लामिछाने र स्वर्णिम वाग्लेले लिए शपथ



काठमाडौं । उपनिर्वाचनबाट चुनिएका प्रतिनिधि सभा सदस्य रवि लामिछाने र स्वर्णिम वाग्लेले शपथ ग्रहण गरेका छन् । अर्का सांसद उपेन्द्र यादव भने शपथ ग्रहणमा अनुपस्थित रहे ।

यादव अहिले पनि काठमाडौं बाहिरै रहेकाले शपथमा अनुपस्थित भएका हुन् ।

प्रकाशित मिति : २०८० बैशाख १५ गते शुक्रवार