चितवन । चितवन २ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ । रवि लामिछाने ५४ हजार २७६ मत पाएर विजयी भएका छन् भने दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ११ हजार २५१ मत पाएका छन्।
उनीहरूबीचको मतान्तर ४३ हजार २५ छ।
यसअघि मंसिर ४ मा भएको चुनावमा यो क्षेत्रबाट लामिछाने नै निर्वाचित भएका थिए। त्यतिबेला उनले ४९ हजार ३०० मत पाएका थिए।
प्रकाशित मिति : २०८० बैशाख १२ गते मङ्गलवार





