दुबईमा अवतरण भयो काठमाडौंबाट उडेको फ्लाई दुबईको जहाज



त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट सोमबार राति दुबईका लागि उडेको फ्लाई दुबईको जहाज दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ।

फ्लाइट राडारका अनुसार फ्लाई दुबईको एफजेड ५७६ जहाज स्थानीय समय १२:१० मा अवतरण भएको हो।

उक्त जहाजमा काठमाडौंबाट उड्नेबित्तिकै समस्या आएको थियो।

काठमाडौंको समयअनुसार ९ बजेर २० मिनेटमा उडेको जहाजमा आगोको झिल्का देखिएर पड्केको आवाज आएको थियो।

फ्लाई दुबईले जहाजमा चरा ठोक्किएका कारण आगोको झिल्का देखिएको र ठूलो आवाज आएको बताएको दुबई मिडिया अफिसले जनाएको छ।

समस्या समाधान भएपछि धार्केबाट पाइलटले जहाज गन्तव्यतर्फ लगेका थिए।

प्रकाशित मिति : २०८० बैशाख १२ गते मङ्गलवार