हेटौंडा । हेटौंडा-काठमाडौं जोड्ने कान्ति लोकपथमा आज फागुन १८ गतेदेखि आगामी चैत १० गतेसम्म सवारी साधन सन्चालनमा रोक लगाइएको छ । सडक मर्मतको काम भइरहेकाले कान्ति लोकपथ दुवैतर्फबाट बन्द गरिएको हो ।
कान्ति लोकपथ रुट हुँदै हेटौंडा-काठमाडौं चल्ने सवारी साधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ ।
हेटौंडाबाट काठमाडौं जान हेटौंडा-भीमफेदी-कुलेखानी-सिस्नेरी-दक्षिणकाली रूट हुँदै एकतर्फी यातायात सेवा सञ्चालन गर्ने र काठमाडौंबाट हेटौंडा आउन थानकोट-चित्लाङ-मार्खु-कुलेखानी-भीमफेदी रूट हुँदै एकतर्फी सवारी सञ्चालन हुनेछ ।
प्रकाशित मिति : २०७९ फाल्गुन १८ गते बिहिवार





