ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु



काठमाडौं । उपत्यकाको ललितपुर महानगरपालिका–१३ कुसुन्तिस्थित सडकमा बा ८७ प ५९०१ र बागमती प्रदेश ०२–००२ प ९३७६ नम्बरका मोटरटसाइकल एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा बा प्र ०२–००२ प ९३७६ नम्बरको मोटरसाइकल चालक धनुषा लक्ष्मीनिया घर भई ललितपुर महानगरपालिका–१७ ग्वार्को बस्ने २१ वर्षीय शिवम् यादवको मृत्यु भएको प्रहरी प्रवक्ता पोषराज पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति : २०७९ फाल्गुन ११ गते बिहिवार