भूकम्प जाने हल्लापछि जुम्ला र मुगुका बासिन्दा रातभर सडकमा



काठमाडौं । भूकम्प आउँछ भन्ने हल्ला भएपछि जुम्ला र मुगुमा बासिन्दा रातभर सडकमा जागराम गरेका छन् ।

जुम्ला सदरमुकाममा केही मानिसहरु घर बाहिर निस्केर आगो बालेर बसिरहेका छन् । मानिसहरुले दुःख पाएपछि स्थानीय प्रशासनको आदेशमा प्रहरीले भ्रामक सूचना फैलाउने व्यक्तिको खाजी सुरु गरेको छ ।

जुम्लाको माइनस डिग्री कठ्यागि्रंदो चिसोमा मानिसिहरु भूकम्प आउँदैछ भन्ने हल्लाले बाहिर बस्न बाध्य भए । भूकम्प आउने कुरा भ्रामक हो भनेर कतिपयले सामाजिक संजालमा सकारात्मक सन्देश पनि दिइरहेका छन् ।

भूकम्प आउँदैछ भन्नेबारे स्थानीय प्रशासनलाई समेत टेलिफोन आइरहका छन् । जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीले आफूलाई रातभर फोन आएर हैरान बनाएको बताए ।

प्रकाशित मिति : २०७९ माघ १६ गते सोमवार