पत्रकारको प्रश्नमा रविको जवाफ- म अनागरिकलाई के प्रश्न सोध्नुहुन्छ



सर्वोच्च अदालतले सांसद पद बदर गरिदिएका रवि लामिछाने गृह मन्त्रालयबाट बाहिरिएका छन्। शुक्रबार साँझ मन्त्रालयबाट बाहिरिने क्रममा पत्रकारहरूले उनलाई सर्वोच्चको फैसलाबारे प्रश्न सोधेका थिए।

लामिछानेले आफू अब अनागरिक भइसकेको बताए। ‘म एक अनागरिकलाई तपाईंहरू के प्रश्न सोध्नुहुन्छ,’ उनले भने।

अब के गर्नुहुन्छ? भन्ने अर्को प्रश्नमा उनले भने- एउटा अनागरिकले के गर्छ भन्ने मलाई थाहा छैन। उनले आफूले सर्वोच्चको फैसलाको स्वागत गर्ने बताए।

प्रकाशित मिति : २०७९ माघ १३ गते शुक्रवार