२०२३ मा युएईमा १० प्रतिशतसम्म तलब बढ्ने, कुन क्षेत्रको कति ?



२०२३ मा युएईमा १० प्रतिशतसम्म तलब बढ्ने, कुन क्षेत्रको कति ?

दुबई : कोरोनाको कारण २०२० देखी नबढेको तलब पुरा युएईमा यसबर्ष भने १० प्रतिशत तलब बढ्ने भएको छ ।

कोरोनाको कारण युएईमा गत बर्ष केही कम्पनीले मात्रै तलब वृद्धि गरेका थिए तर यस बर्ष भने युएईमा रहेका सबै कम्पनीले १० प्रतिशत सम्म तलब वृद्धि गर्नु पर्ने युएई सरकारले घोषणा गरिसकेको छ ।

केही कम्पनीले ५ प्रतिशत सम्म मात्रै तलब वृद्धि गर्ने बताए पनि सरकारले भने १० प्रतिशत सम्म बेसिक तलबमा गनिने गरेर तलब वृद्धि गर्न भनेको छ ।

युएईको स्थानीय समाचारले जनाए अनुसार युएईमा यो बर्ष ५ देखि १० प्रतिशतको बिचमा कामदारको तलब वृद्धि गर्न सबै कम्पनी राजी भएका छन् ।

बढेको तलब बेसिक तलबमा गनिने र वृद्धि तलब २०२३ को जनवरी देखि नै लागू हुने गरेर वृद्धि तलबको अपिग रकम जनवरी महिना देखि नै दिनुपर्ने भएको छ ।

युएईले यस बर्ष कोरोनाको तेस्रो लहरमा पनि युएईलाई खुल्ला नै राख्यो जसले गर्दा अर्थतन्त्र मजबुत बन्दै गएको र एक्स्पोको कारण पनि युएईको अर्थतन्त्र राम्रो बनेको छ ।

जसको कारण नै बिदेशी कामदारलाई बेसिक तलबमा वृद्धि हुने गरेर तलब वृद्धि गर्न भनेको छ । उता युएईले श्रम कानुनमा समेत ठूलो बदलावा गरेको छ जसले कामदारलाई फाइदा प्रदान गरेको छ ।

प्रकाशित मिति : २०७९ पुष १६ गते शनिवार