भिमाद २ विरुवाको सिद्द आभारभुत विद्यालयका बिद्यार्थीलाई न्यानो कपडा वितरण



भिमाद नगरपालिका वडा २ बिरुवाको सिद्द आधारभुत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ ।

बुधबार क्रिसमसको अवसर पारेर अनुग्रह चर्च भिमादले सिद्द आधारभुत विद्यालयका २५ जना विद्यार्थीलाई स्वीटर र टोपी बितरण गरेको हो ।

क्रिसमसको शुभकामना दिदै वडा अध्यक्ष दिनेश कुमार थापाले न्यानो कपडा वितरण गरेकोे मा चर्च र चर्चका सदस्यलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

कार्यक्रममा वडा अध्यक्ष दिनेश कुमार थापा, वि.व्य.स अध्यक्ष राम वहादुर.थापा, नगर कार्यपालिका सदस्य स्यानी माया थापा,वडा सचिब गोपाल कृष्ण सुवेदी अनुग्रह चर्चका पास्टर कृष्ण देव श्रेष्ठ लगायतको उपस्थिती तथा मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सहजिकरण विद्यालय प्र अ देवका सुवेदीले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७९ पुष ९ गते शनिवार