जेलबाट छुटेलगत्तै शोभराजले भने- नेपाल सरकारसहित धेरैलाई मुद्दा हाल्छु
काठमाडौं । सिरियल किलर चार्ल्स सोभराजले नेपालबाट जेलमुक्त भएसँगै धेरैलाई मुद्दा हाल्ने बताएका छन् । उनी करिब २० वर्षपछि शुक्रबार नेपालको केन्द्रीय कारागारबाट थुनामुक्त भएर विमानस्थल पुगेपछि यस्तो बताएको एएफपीले उल्लेख गरेको छ ।
शोभराजको भनाइलाई उद्धृत गर्दै एएफपीले लेखेको छ, ‘मलाई राम्रो लागेको छ । मैले धेरै गर्नुछ । मैले नेपाल सरकारसहित धेरैलाई मुद्दा चलाउनु छ ।’
सन् २००३ देखि नेपालमा क्यानेडियन र अमेरीकी नागरिकको हत्या आरोपमा सजाय भोगिरहेका ७८ वर्षीय शोभराजलाई सर्वोच्च अदालतले वुधबार थुनामुक्त गरेर उनकै देश पठाउन आदेश जारी गरेको थियो ।
#BREAKING Flight with 'Serpent' killer Sobhraj takes off for France: AFP reporter pic.twitter.com/MvLbzTUIr4
— AFP News Agency (@AFP) December 23, 2022





