कम्मरमा लुकाइएकाे १९ किलाे सुनसहित एअरपाेर्टमा सुडानी नागरिक पक्राउ
काठमाडौँ– त्रिभुवन विमानस्थलबाट शुक्रबार १९ किलो ८ सय ग्राम सुन प्रहरीले बरामद गरेको छ ।
बिहीबार दुबईबाट काठमाडौँ आएको फ्लाई दुबई एयसलाइन्सबाट सुडानका नागरिक मोहमत अहमेद डीफल्ला शेराफेल्डीनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भन्सारले जाँच गर्ने क्रममा सुनसहित पक्राउ गरेको एयरपोर्ट भन्सारले जानकारी दिएको छ ।
महोमद अहमेदले कम्मरको छेउमा प्लास्टिकमा प्याक गरि ल्याएको सेमी लिक्वीड सुन जस्तो देखिने पहेँलो धातु कार्यालयले प्रहरीको सहयोगमा भर्खरै नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।
थप अनुसन्धानका लागि पक्राउ गरिएको सुन त्रिअवि भन्सार कार्यालयमा राखिएको ।
प्रकाशित मिति : २०७९ पुष ८ गते शुक्रवार





