अष्ट्रेलियामा विद्यार्थीहरुले पाउने किचन ह्याण्ड काम भनेको के हो ? कति हुन्छ कमाइ ?



अष्ट्रेलिया :- रेष्टुरेन्ट, क्याफेका किचनमा गरिने दैनिकी काममा सघाउनु नै किचन ह्यान्ड जब हो। यो जब अन्तर्गत खाना तयार गर्नमा मद्धत गर्नु, खानेकुराको स्टोर र अर्डर साथै किचनमा प्रयोग हुने उपकरणहरुको सरसफाई र मर्मत पर्दछन् ।किचनको खाना बनाउने व्यस्त समयमा खान तयारीका लागि काम गर्नुपर्दछ र खाना बनाउने काम नभएको बेला त्यहाँ प्रयोग हुने उपकरण हरुको सरसफाई तथा मर्मत संभार गर्नुपर्दछ।

किचन ह्यान्डले माथिल्लो तहको किचनको स्टाफको सुपरभिजनमा रहेर विभिन्न तहका रेष्टुरेन्ट, फास्ट फुड,डाइनिङ्गकासाथै केट्रिंग सर्भिसमा पनि काम गर्नसक्छन्।श्रम तथ्यांक विभागका अनुसार, सन् २०२४ सम्ममा फुड प्रिपरेसन वर्कर ६% ले बढ्ने अनुमान छ ।

किचन ह्यान्डको जिम्मेवारी

किचन ह्यान्डले कम्पनी र सरकारको सरसफाई सम्बन्धि मापदण्ड अनुसारको सरसफाई कायम राख्नुपर्दछ। किचनको फ्रीज़र सफा राख्नु ,फोहोर भाँडाकुडा सफा गर्नु ,खानेकुराहरु मिलाएर राख्नु वा अर्डर गर्नु , फोहोर फ्याँक्नु ,कुचो लगाउनु र भुइँ पुछ्नु पनि किचन ह्यान्डको जिम्मेवारीभित्र पर्छ।

यसको साथै खाना तयार पार्नको लागि कुकलाई चाहिने सामान निकाल्न ,धुन ,काट्न आदि कुरामा सहयोग गर्नु पर्दछ। किचनमा काम गर्दा प्रयोग हुने उपकरणहरुको नियमित सरसफाई तथा सामान्य मर्मत संभार गर्नेदेखि किचनमा भएका खानेकुराको सुची राख्ने काम पनि किचन ह्यान्डको जिम्मेवारी हुन्छ।

किचन ह्यान्डलाई चाहिने सीप

किचन ह्यान्डमा कामगर्नेले कम्पनीको समय तालिका अनुसार काम गर्नुपर्दछ। अंग्रेजी राम्रोसंग पढ्न र बुझ्न सक्ने हुनुपर्दछ। फुड एण्ड बेभरेज सम्बन्धि ज्ञान हुनुपर्दछ।फुड सेफ्टीका लागि चाहिने लाइसेन्स प्राप्त गर्न योग्य हुनपर्दछ। लामो समयसम्म उभिएर काम गर्न सक्ने र भारी सामान उठाउन सक्ने हुनुपर्दछ।

किचन ह्याण्ड काममा कमाइ

पेस्केलका अनुसार, अष्ट्रेलियामा किचन ह्यान्डको वार्षिक तलब औसतमा ५२५१२ डलर छ। जसअनुसार हिसाब गर्दा, प्रति घण्टा २६.९३ डलर हुन्छ।अनुभव नभएको किचन ह्यान्ड को पहिलो जागिर शुरु गर्ने व्यक्तिले औसतममा वार्षिक ४८७५०डलर कमाउँछ भने अनुभवी व्यक्तिले वार्षिक ८३,१०७ डलरसम्म कमाउन सक्छ।

यो तलब औसतमा हो। काम गर्ने व्यक्तिको सिप, अनुभव र कम्पनीको नियम अनुसार, तलब योभन्दा घटीबढी हुनसक्छ।कम्पनी र कामको जिम्मेवारी अनुसार तलब फरक-फरक हुनसक्छ ।

प्रकाशित मिति : २०७९ पुष ६ गते बुधवार