कुवेतमा काम गर्दागर्दै कार्यस्थलमै अस्ताए एक नेपाली



कुवेतमा काम गर्दागर्दै कार्यस्थलमै अस्ताए एक नेपाली

कुवेत /कुवेतमा एक नेपालीको मृत्यु भएको छ । तनहुँको भिमाद नगरपालिका रिसिङपाटन घर भएका सरद परियारको आइतबार (अक्टोबर ३ तारिख) कार्यस्थलमै मृत्यु भएको हो ।

कुवेतको केआरएच कम्पनी मार्फत सेक्युरिटीको काम गर्दै आएका परियारको आइतबार बिहान ४ बजे कार्यस्थलमै मृत्यु भएको मृतकका भान्जा गोबिन्द सुनामले जानकारी दिए ।

कोठाबाट स-कुशल काम गर्न कार्यस्थल निस्केका परियार कम्पनीमा पुगेपछि अचानक ढलेका थिए । त्यसलगत्तै उनको मृत्यु भएको सहकर्मीहरुले बताए ।सुनामका अनुसार उनी रक्तचापबाट पिडित थिए । उनको हृदयघातका कारण ज्यान गएको अस्पताल श्रोतले पुष्टि गरेको छ ।

मृतकको शव आवश्यक कानुनी प्रक्रिया पुरा गरेर बुधबार (आज) बेलुका कतार एयरलाइन्स मार्फत नेपाल पठाइने कुवेतस्थित नेपाली राजदुतावासले जानकारी दिए ।

उनका अनुसार मृतकको शव बिहिबार बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छ ।

प्रकाशित मिति : २०७९ पुष ५ गते मङ्गलवार