मलेसियामा अब हप्तामा ४८ बाट घटाएर ४५ घन्टा काम कायम, क-कस्लाई हुन्छ फाइदा..
१ सेप्टेम्बर २०२२ देखि मलेसिया रोजगारी ऐन मा मलेसिया मा कामदारले काम गर्ने समय तालिका जारी गरेको छ ।प्रति हप्ता अधिकतम ४८ घण्टा काम गर्ने नियम संशोधन गरी मलेसियाका कामदारले अधिकतम साप्ताहिक घण्टा ४८ बाट घटाएर ४५ हुनेछ।
रोजगार (संशोधन) ऐन २०२२, जसलाई ऐन २६५ पनि भनिन्छ, २६ अप्रिलमा स्वीकृति प्राप्त गरेको थियो र संसदको दुवै सदनबाट संशोधन पारित भएपछि यस वर्षको मे १० मा संघीय सरकारको राजपत्रमा जारी गरिएको थियो।
साथै, सेप्टेम्बर १ मा, मन्त्रीले पहिलो अनुसूचीको परिमार्जन गर्न आदेश जारी गर्नेछ।हाल, पहिलो अनुसूचीले कामदारहरूलाई तीन वर्गमा विभाजन गरेको छ जसले यो नियम को फाइदा पाउने छन्:
कामदार जसको प्रति महिना RM २००० भन्दा कम कमाउनेहरू,कुनै निश्चित तलब न भएकाहरू, जस्तै शारीरिक श्रममा संलग्न र तिनीहरूको निरीक्षण गर्नेहरू,मोटर गाडी चलाउने कामदार र घरेलु कामदार।
रोजगारदाताहरु ले यो नियम लागू भए पछि कामदार लाई हप्ता को ४५ घण्टा न्यूनतम तलब RM १५०० ले हिसाब गर्ने पर्ने र त्यो भन्दा बढी OT अर्थात ओभर टाइम मा हिसाब गर्ने पर्ने हुन्छ । साभार : प्रवासिनेपाली न्युज






