फ्रान्सलाई धुलो चटा’उदै अर्जेन्टिना विश्व च्याम्पियन ! मेस्सी बने संसारकै महान खेलाडी



अर्जेन्टिना विश्व च्याम्पियन ! मेस्सी बने संसारकै महान खेलाडी

अर्जेन्टिनाले विश्वकप २०२२ मा साविक विजेता फ्रान्सलाई हराउँदै विश्वकपको ट्रफी उचाल्दै आफूलाई विश्व च्याम्पियनमा दर्ज गरेको छ । फिफा विश्वकपको ट्रफी अर्जेन्टिनाले यो तेस्रोपटक उचालेको हो ।

यसअघि १९७८ र १९८६ मा अर्जेन्टिनाले विश्वकप जितेको थियो । लियोनल मेसीको २३ औं मिनेटमा पेनाल्टीमार्फत् भएको गोलबाट अग्रता लिएको अर्जेन्टिनाले फ्रान्सविरु’द्ध कतारमा भएको खेलमा विश्वकप च्याम्पियन बन्दै इतिहास रचेको हो ।

आइतबार राति भएको खेलमा अर्जेन्टिनाका लागि दोस्रो गोल एन्जेल डि मारियाले गरेका थिए । उनले ३६ औं मिनेटमा गरेको गोलले अर्जेन्टिनालाई हाफटाइममा २–० को अग्रता दिलाएका थिए ।

हाफ टाइमअगाडि अग्रता लिएकाे फ्रान्सलाई चु’नाैती बने फ्रान्सका किलियन एम्बाप्पे । उनले ८० ओँ मिनेटमा र ८१ औँ मिनेटमा दुई गाेल गरेपछि खेल बराबरीमा पुग्याे । उनकाे पहिलाे गाेल पेनाल्टीमार्फत् थियाे ।

निर्धारित समयमा दुवै टिम बराबरीमा भएपछि खेल अतिरिक्त समयमा धकेलियाे ।अतिरिक्त समयमा मेसीले अर्जेन्टिनाका लागि तेस्राे र व्यक्तिगत दाेस्राे गाेल गरे । तर एम्बाप्पेले पेनाल्टीमार्फत् गाेल फर्काए ।त्यसपछि पेनाल्टीमा पुगेकाे खेलमा अर्जेन्टिनाले जित हासिल गरेकाे हाे ।

प्रकाशित मिति : २०७९ पुष ४ गते सोमवार