फ्रान्सलाई हराउँदै अर्जेन्टिनाले जित्यो विश्वकपको उपाधि
काठमाडौँ – २०२२ को विश्वकप फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । लुसैल स्टेडियममा आइतबार राति भएको फाइनलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले हराउँदै अर्जेन्टिनाले विश्वकपको उपाधि उचालेको हो।
५६ वर्षपछि विश्वकपमा ह्याट्रिक गर्ने खेलाडी बने एम्बाप्पे
दोहा: फ्रेन्च फरवार्ड किलियान एम्बाप्पेले विश्वकपको फाइनलमा ह्याट्रिक गरेका छन्। कतारमा जारी विश्वकपको फाइनलमा आइतबार अर्जेन्टिनाविरुद्ध एम्बाप्पेले ह्याट्रिक हानेका हुन्।
यसअघि सन् १९६६ मा इङ्लिस खेलाडी जियोफ हर्स्टले वेस्ट जर्मनीविरुद्धको फाइनलमा ह्याट्रिक गरेका थिए।
प्रकाशित मिति : २०७९ पुष ३ गते आइतवार





