विश्वकप फाइनल खेल्ने यस्तो छ अर्जेन्टिना र फ्रान्सको प्लेइङ-११
काठमाडौँ । विश्वकप फुटबलको फाइनल खेलका लागि अर्जेन्टिना र फ्रान्स दुवैले आफ्नो प्लेइङ-११ सार्बजनिक गरेका छन् ।अर्जेन्टिनाले एन्जल डी मारियालाई शुरु मै खेलाएको छ भने विरामी भएका भनिएका फ्रान्सका डिफेन्डर भराने र ओलिभर जिरोउड पनि नियमित टिममा रहेका छन् ।
अर्जेन्टिनाको टिम: इमालीयानो मार्टिनेज (गोल किपर), नाहूएल मोलिना, क्रिस्टियन रोमेरो, मार्कस अकुना, निकोलस ओटामेन्डी, एन्जल डी मारिया, डी पाउल, एन्जो फेर्नानडेज, म्याक अलिस्टर, लियोनेल मेसी र जुलियन अल्भारेज ।
फ्रान्सको टिम: हुगो लिओरिस (गोलकिपर), राफेल भराने, जुलेस कोउन्डे, डायोट उपामेकानो, थियो हर्नानडेज, एन्टोनी ग्रीजम्यान, अउरेलिएन टिचोउआमेनी, एड्रीयन राबिओट, ओसमान डेम्बेले, ओलिभर जिरोउड, किलियन एम्बाप्पे ।
खेल नेपाली समय अनुसार ८: ४५ मा शुरु हुदै छ ।





