पहिलाे हाफ अगाडि क्राेएसियालाई २–१ गाेलकाे अग्रता, ओरसिचले गरे दाेस्राे गाेल
काठमाडौं– मिडफिल्डर मिस्लाभ ओरसिचकाे गाेलकाे सहयाेगले क्राेएसियाले ४२ मिनेटमा २ गाेलकाे अग्रता बनाएकाे छ।
लिभाजाकाे पासमा ओरसिचले माेरक्काेका गाेलरक्षककाे गाेल पाेस्टभन्दा अगाडि निस्किएकाे अवस्थाकाे फाइदा उठाउदै गाेल गरे।
यसअघि ७ मिनेटमा क्राेएसियाले लिएकाे अग्रतालाई माेरक्काेले दुई मिनेटमा बराबरी गरेकाे थियाे। क्राेएसियाका लागि जास्काे गाभार्डिओलले इभान पेरिसिचकाे पासमा गाेल गरेेका थिए। ९ मिनेटमा अचरफ डारीले बराबरी गाेल गरेका थिए।
प्रकाशित मिति : २०७९ पुष २ गते शनिवार





