मलेसिया पहिरो अपडेट : बिदा मनाउन क्याम्पभित्र बसेका २१ जनाको मृत्यु
मलेसियाको सेलान्गोर राज्यमा बिदा मनाउने एउटा क्याम्पमा पहिरो जाँदा बालबालिकासहित कम्तीमा २१ जनाको मृत्यु भएको छ भने केही हराइरहेका छन् । बाटाङ काली वस्तीमा रहेको फार्म स्टेमा पहिरो खस्दा उनीहरुको मृत्यु भएको हो ।
पहिरो जाँदा उनीहरु पालमा सुतिरहेका थिए । सयौं उद्धारकर्ताहरूले शुक्रबार बाँचेकाहरूको खोजी गर्न माटो पन्छाएका थिए । फार्मका प्रबन्धकहरूले कम्तीमा ३० बालबालिका र ५१ वयस्कले रातभर बस्नका लागि नाम दर्ता गराएको बताए ।
१४ जना हराइरहेकाले मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ । खोजी तथा उद्धार कार्यमा ७०० अधिकारीहरु परिचालन गरिएको छ । मृत्यु हुनेमध्ये चार जना बालबालिका रहेका बताइएको छ ।
उक्त स्थानमा २० जना प्राथमिक विद्यालयका शिक्षक र उनीहरुका सदस्य रहेका थिए ।
प्रकाशित मिति : २०७९ पुष २ गते शनिवार





