क्षतिपूर्ति माग गर्दै नेपालबाट फिफा अध्यक्षलाई पत्र



क्षतिपूर्ति माग गर्दै नेपालबाट फिफा अध्यक्षलाई पत्र

पालमा कार्यरत विभिन्न मानव अधिकारवादी संस्थाले आप्रवासी कामदारलाई क्षतिपूर्ति उपलब्ध गराउन फिफाका अध्यक्ष जियानी इन्फान्टिनोसमक्ष माग गरेका छन् ।

अध्यक्ष इन्फान्टिनोलाई बिहीबार लेखेको एक खुला पत्रमार्फत एम्नेस्टी इन्टरनेसनल नेपाललगायत तीन दर्जन संस्थाले कतारमा जारी विश्वकप फुटबल तयारीका क्रममा दुर्व्यवहार भोगेका र मृत्यु भएकाका परिवारलाई क्षतिपूर्ति माग गरेका हुन् ।

एम्नेस्टी इन्टरनेसनलको सन् २०२१ को प्रतिवेदनमा विश्वकप फुटबल तयारीका क्रममा हजारौँ आप्रवासी कामदारको शोषण गरिएको पत्रमा उल्लेख छ । कतारले श्रम व्यवस्थामा सुधार गरेको दाबी गर्दै सो आरोप अस्वीकार गरेको छ ।

कतारमा रहेका कुल २९ लाख कामदारमध्ये आप्रवासी कामदारको हिस्सा अत्यधिक छ । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रकाशित मिति : २०७९ पुष २ गते शनिवार