मोरक्कोलाई हराउँदै फ्रान्स फेरि फाइनलमा, उपाधि भिड’न्त अर्जेन्टिनासँग हुने
काठमाडौं । दोस्रो सेमिफाइनलमा बुधबार मोरक्कोलाई २–० ले हराउँदै साविक विजेता फ्रान्स कतारमा जारी फिफा विश्वकपको फाइनलमा प्रवेश गरेको छ । लगातार दोस्रोपटक विश्वकपको फाइनलमा प्रवेश गरेको फ्रान्सले अब उपाधिका लागि अब आइतबार अर्जेन्टिनाविरुद्ध खेल्नेछ ।
कतारको अल बायत रंगशालामा सम्पन्न खेलमा फ्रान्सलाई जित दिलाउन थियो हर्नान्डेज र कोलो मुआनीले गोल गरे ।खेलको चौथो मिनेटमा नै फ्रान्सले अग्रता बनाएको थियो । फ्रान्सका लागि थियो हर्नान्डेजले गोल गरे । १८ यार्ड बक्सभित्रबाट किलियन एमबाप्पेले गरेको प्रहार मोरक्कोका रक्षक अक्रफ डारीबाट रिबाउन्ड आएको थियो । सोही बललाई हर्नान्डेजले जाली चुमाएका हुन् ।





