डलर सगै बढ्यो मलेसियन रिङ्गेटको भाउ । हेर्नुहोस अरुदेशको कति बढ्यो



डलर सगै बढ्यो मलेसियन रिङ्गेटको भाउ । हेनुहोस अरुदेशको कति बढ्यो

नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ २० पैसा पुगेको छ भने विक्रीदर १३२ रुपैयाँ ८० पैसा रहेको छ ।

पछिल्लो समय फेरि डलरको मूल्य उच्च बिन्दुमा पुग्न थालेको हो ।
यस्तै युरो एकको खरिदर १३९ रुपैयाँ २३ पैसा र बिक्रीदर १३९ रुपैयाँ ८६ पैसा रहेको छ भने पाउण्ड एकको खरिददर १६२ रुपैयाँ १५ पैसा र बिक्रीदर १६२ रुपैयाँ ८९ पैसा रहेको छ ।

यस्तै अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ २९ पैसा र बिक्रीदर ८९ रुपैयाँ ६९ पैसा रहेको छ। यस्तै कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ २ पैसा र बिक्रीदर ३६ रुपैयाँ १८ पैसा रहेको छ ।

विदेशी मुद्राको विनिमयर दर विस्तृतमाः

प्रकाशित मिति : २०७९ मङ्सिर २८ गते बुधवार