नवलपुर । नवलपुरका वित्तिय तथा बैंकहरुले व्याजदर दोब्बरले बढाएको भन्दै यहाँका उद्योगी व्यवसायी आन्दोलित भएका छन् ।
८÷९ प्रतिशत ब्याज दरमा लिएको ऋणको ब्याज एक बर्ष भित्र बढाएर झण्डै दोब्बर अर्थात साढे १५ प्रतिशत पुर्याएको र चर्का ब्याजदर तिर्न नसक्ने भन्दै आन्दोलनका तयारी गरेको नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष वैकुण्ड अर्यालले बताए ।
नवलपुर उद्योग वाणिज्य संघ, गैडाकोट उद्योग वाणिज्य संघ, मध्यविन्दु उद्योग वाणिज्य संघका पदाधिकारीहरुको उपस्थितिमा मंगलबार कावासोतीमा पत्रकार सम्मेलन गर्दै नवलपुरका उद्योगी व्यवसायीहरुले आन्दोलनको घोषणा समेत गरेका छन् ।
उनीहरुले भोलिदेखि नवलपुरका सम्पूर्ण वित्तिय तथा बैंकहरुमा ज्ञापन पत्र बुझाउने, पुस ५ गते कावासोतीको इन्द्र चोकमा दबाब स्वरुप हातमा कालो पट्टी बाँधेर हस्ताक्षर संकलन गर्ने,
पुस ६ गते प्लेकार्ड सहित कावासोतीमा शान्तिपूर्ण विरोध र्याली निकाल्ने, संकलित हस्ताक्षर पुस ६ गते प्रधानमन्त्री, अर्थमन्त्री र गर्भनरलाई बुझाउने लगायतका विरोधका कार्यक्रम सार्वजनिक गरेको नवलपुर उद्योग वाणिज्य संघका महासचिव सागर पोख्रेलले बताए ।
नवलपुरमा रहेका उद्योगी व्यवसायीहरु मध्ये ७० प्रतिशत उद्योगी व्यवसायीहरु ऋण तिर्न नसक्ने अवस्थामा पुगेको नवलपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष डासुराज पोख्रेलले बताए ।
हाम्रा दोस्रो चरणका आन्दोलनका कार्यक्रमहरु
१. मंसिर २७ गते
– पत्रकार सम्मेलन मार्फत हाम्रो माग सहितको पत्रकार सम्मेलन मार्फत राज्यको पुनः ध्यानाक्रषण गराउने ।
समय ः विहान ११ः३० बजे , संघको कार्यालयमा
२. मंसिर २८ गते
– जिल्ला स्थित सम्पुर्ण बैक तथा वित्तिय संस्थामा ज्ञापन–पत्र बुझाउने ।
समय ः विहान ११ः०० बजे , बैक तथा वित्तिय संस्थाको कार्यालयमा
३. पुस ५ गते
– कावासोतीको इन्द्रचोकमा कालो पट्टी सहित धर्ना तथा दवाव स्वरुप हस्ताक्षर संकलन गर्ने ।
समय ः विहान ११ः३० बजे , इन्द्रचोक
४. पुस ६ गते
– शान्तिपुर्ण रुपमा प्लेकाड÷व्यानर सहित नगर परिक्रमा विरोध प्रदर्शन गर्ने ।
समय ः दिवा १ः०० बजे, संघको कार्यालयबाट शुरु
५. पुस ६ गते
संकलित हस्ताक्षर जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री, अर्थमन्त्री, गर्भनरलाई बुझाउने ।





