दीपकराज गिरी भन्छन्– अर्जेन्टिना घर जान्छ, तर विश्वकप लिएर



दीपकराज गिरी भन्छन्– अर्जेन्टिना घर जान्छ, तर विश्वकप लिएर

काठमाडौं । कतारमा जारी फिफा विश्वकपको पहिलो सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियाविरुद्ध खेल्नुअघि नेपाली दीपकराज गिरीले अर्जेन्टिनाप्रति आफ्नो समर्थन देखाएका छन् ।

गिरीले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा अर्जेन्टिनाले घर जाने तर विश्वकपसहित भनेर लेखेका छन् ।“अर्जेन्टिना घर जान्छ पक्का… । तर वर्ल्डकप लिएर,” गिरीले लेखेका छन् ।

विश्वकपमा आज हुने अर्जेन्टिना र क्रोएसियाबीचको यो खेल कतारको लुसैल रंगशालामा राति १२ः४५ बजेदेखि सुरु हुनेछ । आजको खेलमा जित निकाल्ने टिमले उपाधिका लागि साविक विजेता फ्रान्स वा मोरक्कोबीचको विजेतासँग खेल्नेछ ।

सेमिफाइनल प्रवेशका क्रममा अर्जेन्टिनाले अन्तिम आठको खेलमा नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा हराएको थियो । यता, क्रोएसियाले पनि अन्तिम आठको खेलमा ब्राजिललाई पेनाल्टी सुटआउटमै पराजित गरेको थियो ।

प्रकाशित मिति : २०७९ मङ्सिर २७ गते मङ्गलवार