राजु सुवेदी मंसिर ७
कावासोती /नवलपुर निर्वाचन क्षेत्र नं २ को दुईटै प्रदेश सभा सदस्यको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।
प्रदेस क मा नेकपा एमाले की पद्मा जिसी श्रेष्ठ ४ हजार ६ सय बढि मतान्तरले विजयी भएकी छिन् भने प्रदेश ख मा एमालेका लक्ष्मण वहादुर पाण्डेले ४ हजार बढि मतान्तरले विजयी भएका हुन् ।
प्रदेश सभा क मा एमालेकी पद्मा जिसीले १९ हजार ३ सय ७८ मत प्राप्त गर्दा माआवादी केन्द्रका सौगम सिरपालीले १४ हजार ७ सय ४३ मत मात्र ल्याउन सके ।
प्रदेश सभा ख मा एमालेका लक्ष्मण वहादुर पाण्डेले १८ हजार ८ सय ६ मत प्राप्त गदा एकिकृत समाजवादीका गोपाल खनालले १४ हजार ७ सय ६१ मात्र मत ल्याउन सके ।
एमालेले जित निकालेको यस क्षेत्रमा सत्ता गठबन्धनका माओवादी केन्द्र र एकिकृत समाजवादीका उम्मेदवार रहेका थिए ।
अहिले दुवै प्रदेश सभाको प्रत्यक्ष तर्फको मतगणना सकेर समानुपातिक तर्फको मतगणना भईरहेको निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।
यद्यपी मतगणना सकिसक्दापनि निर्वाचन अधिकृतको कार्यलयले विजयको घोषणा भने गरेको छैन । प्रतिनिधी सभा अन्तर्रगत भने २ मा नेपाली कांग्रेसका बिष्णु कुमार कार्की अगाडी रहेका छन् ।





