राजु सुवेदी / कावासोती मंसिर ६
नवलपुर निवार्चन क्षेत्र १ को प्रदेश सभा ख का एमाले उम्मेदवार रोशन गाहाले मतान्तर घटाउदै लगेका छन् । पछिल्लो अपडेट अनुसार अब १०० मतले मात्र सत्ता गठबन्धनका माओवादी केन्द्रका उम्मेदवार लोक प्रसाद भुर्तेल अगाडी छन् ।
सुरुवात देखीनै अग्रता बढाएका भुर्तेलको कुल १० हजार ८ सय ४४ मत गनिसक्दा ४ हजार ४ सय ३४ मत प्राप्त गरेका छन् । त्यसैगरी एमाले उम्मेदवार रोशन गाहाले ४ हजार ४ सय ४४ मत ल्याएका छन् ।
यसै क्षेत्र बाट राप्रपाको उम्मेदवारले ९ सय १९ मत प्राप्त गरेका छन् ।
प्रकाशित मिति : २०७९ मङ्सिर ६ गते मङ्गलवार





