कतार विश्वकप २०२२ः आज विशेष तीन खेलहरु हुँदै



कतार विश्वकप २०२२ः आज विशेष तीन खेलहरु हुँदै

एजेन्सी । कतार जारी विश्वकपमा आज विशेष तीन खेलहरु हुँदैछन् । पहिलो खेलमा अर्जेन्टिनाले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । पहिलो खेल पौने चार बजे हुँदैछ ।

समुह सी अन्तर्गतको यो पहिलो खेलमा अर्जेन्टिनाले प्रभावशाली जित हात पार्ने अनुमान गरिएको छ ।त्यस्तै यसै समुह अन्तर्गतको अर्को खेलमा पोल्याण्ड र मेक्सिको आमने सामने गर्दैछ ।

यो खेल पौने दश बजे सुरु हुँदैछ । त्यस्तै समुह डी अन्तर्गत पौने सात बजे डेनमार्क र ट्युनेसिया खेल्दैछन् ।

प्रकाशित मिति : २०७९ मङ्सिर ६ गते मङ्गलवार