केपी ओलीका यि विश्वास पात्रहरु हार्दै



राजु सुवेदी /मसिंर ६
नेकपा एमालेका अध्यक्ष केपी ओलीका बिश्वास पात्र भनेर गनिदै आएका प्रभाबशाली नेताहरुको हार लगभग निश्चित जस्तै देखिएको छ । अहिलेसम्मकको मतगणना हेर्दा शंकर पोख्रेल , महेश बस्नेत, गोकुल बास्कोटा बिष्णु पौडेल लगायतका नेताहरु धेरै पछाडी रहेका छन् ।

रुपन्देही २ मा बिष्णु पौडेल लाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले उछिनेका छन् भने काभ्रे २ मा गोकुल बास्कोटालाई कांग्रेसका शिब हुमगाईले झण्डै डबल मतले उछिनेका छन् । गोकुल बास्कोटाले दुई हजार ८ सय ५३ ल्याएका छन् भने कांग्रेसका शिब हुमगाईले ४ हजार १ सय १५ मत प्राप्त गरेका छन् ।

त्यसैगरी ओलीका अर्का बिश्वास पात्र महेश बस्नेतको पनि अबस्था उस्तै छन् । उनलाई सुरुवात देखीनै नेपाली कांग्रेसका दुर्लभ थापाले पछाडी पारेका छन् । पछिल्लो नतिजा अनुसार महेश बस्नेतले १० हजार ७ सय ६२ मत प्राप्त गरेका छन्भने नेपाली कांग्रेसका दुर्लभ थापाले १२ हजार ५३ मत प्राप्त गरेका छन् ।

केपी ओलीका अर्का विश्वास पात्र रहदै आएका शंकर पोख्रेलपनि सरु देखीनै पछाडी पर्दै आएका छन् । पछिल्लो नतिजा अनुसार पोख्रेल माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्मा भन्दा पछि रहेका छन् । माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माले ५ हजार ३ सय ९४ ल्याएकी छन्भने शंकर पोख्रेलले ४ हजार ३ सय ६२ मत प्राप्त गरेका छन् ।

अर्का विश्वास पात्रपनि नेपाली कांग्रेसका प्रदिप पौडेल सग पराजित हुने लगभग निश्चित भएको छ । पछिल्लो नतिजा अनुसार काठमाडौं ५ प्रदिप पौडेलले ६ हजार १ सय ८१ मत पाएका छन्भने एमालेका इश्वर पाख्रेलले ४ हजार ३ सय ६५ ल्याएर दास्रो स्थानमा छन् ।

प्रकाशित मिति : २०७९ मङ्सिर ६ गते मङ्गलवार