काठमाडौं । कास्की क्षेत्र नं. २ को मतगणना जारी छ । प्रारम्भिक नतिजामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवप्रसाद कडेल अगाडि छन् ।
मतगणना पोखरा-१५ कोलपाटको मतपेटिकाबाट सुरु गरिएको थियो । प्रतिनिधि सभाको ४ सय मत गणना भइसकेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका कडेलले १ सय २३, नेकपा एमालेकी विद्या भट्टराईले १ सय मत, नेकपा समाजवादीका श्रीनाथ बरालले ८२ मत प्राप्त गरेका छन् ।
प्रकाशित मिति : २०७९ मङ्सिर ५ गते सोमवार





